Byroad News

Loading...

मकवानपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु


मकवानपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

हेटौंडा/१९ माघ
मकवानपुरमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१५, रातमाटेमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने मोटरसाइकल चालक घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा बकैया–७ बस्ने ३७ वर्षका शिवप्रसाद सुबेदी रहेको मकवानपुर प्रहरीले जनाएको छ । मृतक सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मृतक मोटर साइकलमा सवार थिए । 

घाइते हुनेमा मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद दुलाल रहेका छन् । बुधबार दिउँसो पूर्वपश्चिम सडकखण्डमा बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ८४२५ नम्बरको बस र बिपरीत दिशाबाट जादै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा  दुर्घटना भएको हो । ठक्कर दिने बससहित चालक प्रहरी नियन्त्रणमा छ ।

Comments

KATHMANDU WEATHER