हेटौंडा/१९ माघ
नेपाली काङ्ग्रेस मकवानपुरको सभापति पदमा जयराम लामिछानेले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
वुधबार हेटौंडा–२ स्थित काङ्ग्रेस चोक नजिकै सम्पर्क कार्यालय स्थापना गर्दै लामिछानेले सभापति पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । उहाँले मकवानपुरमा काङ्ग्रेसप्रति जनविश्वास बढिरहेको पार्टीलाई मकवानपुरमा पहिलो नम्बरको बनाउन आफूले सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताउनु भयो ।
पार्टीलाई सशक्त र बलियो बनाउन प्यानल सहित आफ्नो उम्मेदवारी रहने लामिछानेले बताउनु भयो ।
लामिछानेको उम्मेदवारीलाई मकवानपुरमा संस्थापन इतर समूहको रुपमा चित्रण गरिएको छ । उम्मेदवारी घोषणासभामा नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल, रघुरमण न्यौपाने तथा जिल्ला सचिव आनन्द कठायतलगायतको उपस्थिति थियो । काङ्ग्रेस १४ औं अधिवेशनअन्तर्गत् मकवानपुरको निर्वाचनको मिति २ पटक घोषणा गरेर स्थगित भइसकेको छ । अधिवेशनको नयाँ मिति भने अझै घोषणा भएको छैन ।
-
11 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments