Byroad News

Loading...

रोट्रयाक्टले गरेको रक्तदानमा २० जनाले रक्तदान गरे


रोट्रयाक्टले गरेको रक्तदानमा २० जनाले रक्तदान गरे

हेटौंडा/१८ माघ
रोट्रयाक्ट क्लब अफ मकवानपुरको आयोजनामा मंगलबार विहान हेटौंडामा भएको रक्तदानमा २० जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । रोटरी क्लब अफ मकवानपुरका निर्वाचित अध्यक्ष कृष्णबहादुर कार्कीको प्रमुख आतिथ्य तथा रोट्रयाक्ट क्लब अफ मकवानपुरकी अध्यक्ष प्रतीक्षा न्यौपानेको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका निवर्तमान अध्यक्ष कविन संगामीलगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समय हेटौंडा रगतको अभाव भएसँगै दैनिकरुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थामा वृद्धि भइरहेको छ ।

Comments

KATHMANDU WEATHER