हेटौंडा/१८ माघ
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
हेटौंडा–५, सानोपोखरास्थित पार्टी कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका हुन् ।
कोभिड–१९ का कारण रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको पाइएपछि युवा संघले रक्तदान कार्यक्रमको आयोजना गरेको युवा संघ मकवानपुर ईञ्चार्ज दिलु घर्तीले बताउनु भयो । घर्तीका अनुसार राष्ट्रिय युवा संघ नेपालको देशभर सप्ताहव्यापी अभियान अन्तर्गत युवा संघ मकवानपुर जिल्ला कमिटीले पनि आयोजना गरिएको हो ।
युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीका अध्यक्ष लक्ष्मण उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्य रहेको थियो ।
Featured News
-
11 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments