Byroad News

Loading...

लेवटमा जिप र टिपर ठोक्किदा एक जनाको मृत्यु


लेवटमा जिप र टिपर ठोक्किदा एक जनाको मृत्यु

हेटौंडा/१८ माघ
पुर्व—पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा—३ को लेवटमा बोलेरो जिप र टिपर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छभने एक जना गम्भिर घाइते भएका छन् ।

गएराति पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १ च ५९९४ नंबरको बोलेरो जिप र बिपरित दिशाबाट आउँदै गरेको को १ क १३२८ नंबरको टिपर हेटौंडा—३ को लेवटमा एक आपसमा ठोक्किदा जिपमा सवार २ जना पुरुष गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

घाइते दुबैलाई उपचारको लागि चुरेहिल अस्पताल पठाएकोमा एक जनाको उपचारको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बोलेरो चालक काठमाडौँ नयाँबजार बस्ने अन्दाजी ४५ वर्षीय शिव कार्की छन् ।

यसैगरि, घाईते हुनेमा बोलेरोमा सवार सोहि ठाउँका अन्दाजी ५० वर्षीय दिनेश कार्की रहेका छन् । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

Comments

KATHMANDU WEATHER