Byroad News

Loading...

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य, पालुङ मालपोतमा पनि लागू


आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य, पालुङ मालपोतमा पनि लागू

थाहानगर/७ माघ
आजदेखि सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ ।

यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुनेछ ।

यसैबीच, थाहानगरको मालपोत कार्यालयले पनि सेवाग्राहीहरुलाई खोप कार्ड अनिवार्य गरेको छ । कार्यालय प्रमुख मधु लम्सालले सेवाग्राहीले अनिवार्य रुपले मास्क, सेनिटाइजर लगाएर खोप कार्ड साथमा लिएर आउन आग्रह गर्नु भयो । 

Comments

KATHMANDU WEATHER