काठमाडौं/१ माघ
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय १२ पीसीआर परीक्षणमा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ एन्टीजेन परीक्षणमा ९ सय ३३ जना गरी ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण भएको हो ।
मन्त्रायलका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५ सय ३६ जना होम आइसोलेसनमा र १ हजार ४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन् ।
अस्पतालमा रहेकामध्ये १ सय १९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६ सय १७ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ हजार ५ सय ९१, ललितपुरमा ४ सय ८६, भक्तपुरमा १ सय ४२ जना गरी उपत्यकामा २ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चितवनमा २ सय ५, सुनसरीमा १ सय १६, कैलालीमा १ सय ७, मोरङमा १ सय ४, मकवानपुरमा ८३, कास्कीमा ७३, धनुषामा ६९, नवलपरासी पूर्वमा ६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
झापामा ४०, पर्सा र बाँकेमा ३९/३९, काभ्रेमा ३७, दाङमा ३०, तनहुँमा २५, सिरहामा २३, सुर्खेतमा २२, सर्लाहीमा १९, महोत्तरीमा १८, नुवाकोटमा १६, रामेछाप, सिन्धुपाल्चोक र पाल्पामा १५/१५, बाग्लुङ र स्याङ्जामा १४/१४, बारा र सिन्धुलीमा १३/१३ ओखलढुंगा र सप्तरीमा ११/११, नवलपरासी पश्चिम र रोल्पामा १०/१० जनमा संक्रमण पुष्टि भएको छ ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments