Byroad News

Loading...

लागुऔषध चरेस, गाँजा र पिकअप गाडीसहित ३ जना पक्राउ 


लागुऔषध चरेस, गाँजा र पिकअप गाडीसहित ३ जना पक्राउ 

थाहानगर/२८ पुस
जिल्ला प्रहरी कार्यालय मकवानपुरले २० किलो ५०० ग्राम लागुऔषध चरेस र १० किलो गाँजाको धुलोसहित ३ जना पक्राउ गरेको छ ।

जिप्रका प्रमुखलाई प्राप्त बिशेष सुचनाको आधारमा २८ पुसमा जिप्रका मकवानपुरको विशेष टोली र इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ८ सिमपानीस्थित पूर्व पश्चिम सडक खण्डमा लागू औषधसहित पक्राउ गरेको हो । 

चितवनबाट हेटौडातर्फ आउँदै गरेको लु ३ च ९७४ नं. को पिकअप गाडीलाई शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको २० किलो ५०० ग्राम लागुऔषध चरेस र १० किलो गाँजाको धुलो फेला परेको हुदाँ उक्त पिकअप गाडी चालक जिल्ला मकवानपुर राक्सिराङ गा.पा.६ बस्ने वर्ष ३३ को सन्त बहादुर थिङ, सोहि बस्ने वर्ष २७ को ललितबहादुर थिङ र जिल्ला चितवन राप्ती न.पा. वडा नं.११ भण्डरा बस्ने वर्ष २८ को रामबहादुर तामाङलाई उक्त लागुऔषध चरेस, गाँजाको धुलो, पिकअप गाडी सहित पक्राउ गरी थपअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER