Byroad News

Loading...

१८३ किलो गाँजासहित एक जना पक्राउ


१८३ किलो गाँजासहित एक जना पक्राउ

थाहानगर/२७ पुस
तरकारीको क्रेटमा १८३ गाँजा बोकेर आएको पिकअप भ्यानलाई मकवानपुर प्रहरीले नियन्त्रण लिएको छ । 

तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा १८३ किलो लागुऔषध गाँजासहित एकजना युवक पक्राउ परेका हुन् । 

पालुङबाट तरकारीको क्रेट बोकेर हेटौंडातर्फ जादै गरेको प्रदेश ३-०१ ००२२ च ३५५६ नम्बरको पिकअप भ्यानलाई जाँच गर्दा गाँजासहित एकजनालाई पक्राउ गरिएको मकवानपुर प्रहरीका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर राजकुमार सापकोटाले जानकारी दिनुभयो ।

पक्राउ हुनेमा भ्यान चालक मकवानपुरको थाहा नगरपालिका वडा नम्बर-२ बस्ने ३० बर्षीय रामचन्द्र सिंतान रहेको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER