हेटौंडा/२२ पुस
इलाका प्रहरी कार्यालय मनहरीले बिहीबार ४५ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नं. ९ स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा शंकास्पद रुपमा पिठ्युमा भारी बोकी आईरहेको अवस्थामा राक्सिराङ २ बस्ने वर्ष ४२ को भक्त बहादुर थापा मगर र मनहरी गा.पा. वडा नं. ५ बस्ने वर्ष ४१ को हिरालाल गुरुङ्गलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Featured News
-
8 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments