दामन/१५ पुस
बुधबार भएको हिमपातका कारण अवरुद्ध बाइरोड आज बेलुकीसम्म सुचारु हुने सम्भावना देखिएको छ ।
अहिले सडक विभागको डोजरले गोलमोडतर्फबाट सडकमा जमेको हिउँ पन्छाउने काम गरिरहेको छभने पालुङ प्रहरीको पहलमा पालुङ तर्फबाट पानोरोमा रिसोर्टको मोडबाट अबको केहिबेरपछि काम सुरु हुने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाले जानकारी दिनुभयो ।
अहिले पालुङतर्फबाट गएका सवारी ऋषेश्वर मोडसम्म र हेटौंडाबाट आएका सवारी बसीफाट माविको मोडसम्म आउन सक्ने अवस्था छ । सडकमा करिव १ फिट बाक्लो हिउँ जमेको छ । केही स्थानमा २ फिटसम्म हिउँ जमेको हुँदा प्रकृतिप्रेमीहरुलाई भने हर्षित बनाएको छ ।
तर, यस पटक भालेश्वरमै बाक्लो हिमपात भएपछि काठमाडौंबाट हिउँप्रेमीहरु दामनसम्म आइपुगेनन् । 'हिजो बाटो बन्द भएर बसेका पाहुनाहरु थिए, हिउँ खेल्न कै लागि त खासै आएनन् ।' दामनस्थित गौरी शंकर होटल एण्ड लजका संचालक सुजन खत्रीले भने, 'अङ्ग्रेजी नयाँ वर्षका लागि चाहिँ हिउँ पर्नु अघि नै खचाखच बुकिङ भैसकेको थियो तर हिउँले खासै उत्साह जगाउला जस्तो छैन ।'
यस अघि दामनमा हिउँ परेपछि काठमाडौं, हेटौंडा, बीरगञ्ज, चितवन लगायत तराईबाट प्रकृतिप्रेमीहरु आउने गर्थे तर यो वर्ष धेरै जनसंख्या रहेको काठमाडौं नजिकका धेरै स्थानमा हिउँ पर्नाले आन्तरिक पर्यटकहरुको आशा गर्न नसकेको होटल व्यवसायीहरु बताउँछन् । उता, सिमभञ्ज्याङमा भने हिउँ खेल्नेहरुको भीड देखिएको छ । तर अधिकांश स्थानीय र बेलुकी नै फर्किने गरि आएका पर्यटकहरु रहेको स्थानीयले बताएका छन् ।
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments