थाहानगर/१२ पुस
कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका ८ जनालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले ७ दिनको म्याद थप गरि प्रहरीलाई अनुसन्धानको अनुमति दिएको छ ।
आइतबार दिउँसो बकैया गाउँपालिकाको वडा नंबर ९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिनुभयो । उनीहरुको साथबाट नगद ६७ हजार ६ सय ३५ रुपैयाँ समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा वडा नंबर ९ हर्कपुर बस्ने ३६ वर्षीय दावा लामा बम्जन, वडा नंबर ४ ठुलोथली बस्ने ४० वर्षीय दिपलाल थोकर, सेतोभिर बस्ने ४९ वर्षीय सुन्दर घिसिङ, ५५ वर्षीय राम बहादुर थिङ, वडा नंबर ५ पाङ्रेखोला मगरटोल बस्ने ३२ वर्षीय शुसिल लामा, ३८ वर्षीय कमल थिङ, वडा नंबर ११ गमलटार बस्ने ४५ वर्षीय बिजय वाईबा र २६ वर्षीय आकाश न्यासुर रहेको प्रहरीले जनाएको छ ।
-
8 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments