Byroad News

Loading...

दुई सय मिटर नजिक दुई शव भेट्टिए


दुई सय मिटर नजिक दुई शव भेट्टिए

धनगढी/१२ पुस
कैलालीमा दुई सय मिटरको दुरीमा किशोर र किशोरीको शव फेला परेको छ ।

गौरीगंगा नगरपालिका-३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम आइतबार साँझ मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी जानकारी दिनुभयो ।त्यसको करिव दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जोशीले जानकारी दिनुभयो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

KATHMANDU WEATHER