Byroad News

Loading...

लागूऔषध गाँजा र स्कार्पियोसहित दुईजना पक्राउ


लागूऔषध गाँजा र स्कार्पियोसहित दुईजना पक्राउ

थाहानगर/९ पुस
मकवानपुर प्रहरीले ३० किलो ५ सय ग्राम लागूऔषध गाँजा र स्कार्पियोसहित दुईजनालाई पक्राउ गरेको छ ।

शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोस्टमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको संयुक्त चेकिङ टोलीले सो परिमाणमा लागूऔषधसहित पक्राउ गरेको हो ।

हेटौडाबाट बिरगंजतर्फ जाँदै गरेको एनएल ०१ सि ३६५४ नम्बरको भारतीय स्कार्पिओ गाडीलाई चेकजाँच गर्दा उक्त गाडीको पछाडी पट्टिको सिटमुनि लुकाई छिपाई ल्याएको ३० किलो ५ सय ग्राम लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चालक धनुषा नगराईन–वडा नम्वर २ बस्ने बर्ष ३४ को सुबोध मण्डल र सोही गाडीमा सवार पर्सा पटेरवा सुगौली–३ बस्ने ३९ बर्षीय मुकेश राउत थारु रहेका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER