Byroad News

Loading...

टिपरले मोटरसाईललाई ठक्कर दियो, एक जनाको मृत्यु


टिपरले मोटरसाईललाई ठक्कर दियो, एक जनाको मृत्यु

हेटौंडा/२९ मङ्सिर 
पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडामा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छभने एक जना घाईते भएका छन् ।

बुधबार बिहान हेटौंडा १९ को दारिमटारमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको प्रदेश ०३-००१ख १८४९ नंबरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ४९ प ८२५२ नंबरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो।

यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार बाग्लुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएको र उनलाई उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल पठाइएको दासले बताउनु भयो । प्रहरीका अनुसार ठक्कर दिने टिपर चालक फरार छन् ।

Comments

KATHMANDU WEATHER