थाहानगर/२७ मङ्सिर
नेकपा एमालेले एक कार्यक्रमक बीच थाहा नगरपालिका १ नम्बर वडाको कार्यालय उद्घाटन गरेको छ ।
थाहा नपा १ क्रसरडाडामा नेकपा एमालेका जिल्ला कमिटी सदस्य सुरेन्द्रमान प्रधानले साइनबोर्ड अनावरण गरि कार्यालय उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा प्रधानले जसको नीति उसैको नेतृत्व भए मात्र आफ्ना योजनाहरुले सार्थकता पाउने हुँदा सबै कार्यकर्ताहरु जनताको समस्या बुझ्न घरघर जानु पर्ने बताउनु भयो । प्रधानले सरकारले सञ्चालन गरिरहेको मतदाता नामावली सङ्कलन कार्यमा सहयोग पुर्याउन आग्रह गर्नुभयो । कतिपय ठाउँमा उपभोक्ता समितिले बदमासी गरिरहेको गुनासो आइरहेको बताउदै प्रधानले एमालेका कार्यकर्ता संलग्न कामहरु राम्ररी गर्न र त्यसप्रकारका गतिविधिहरुका विरुद्द लाग्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा १ नम्बर वडा ईञ्चार्ज प्रदिप प्रधान, वडा कमिटी अध्यक्ष गोबिन्द गोपालीले विभिन्न पार्टीहरुले धम्कीपूर्ण शैलीमा जवर्जस्ति संगठनमा लाग्न दवाब दिइरहेको व्यवहारप्रति प्रतिवाद गर्न आग्रह गर्नुभयो । एमालेले थाहानगरका सबै वडाहरुमा कार्यालय स्थापना गरि नियमित गतिविधि सञ्चालन गर्ने अभियान अन्तर्गत कार्यालय स्थापना गरिएको हो ।
-
7 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
1 week agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments