Byroad News

Loading...

गाँजा, गाडीसहित दुई जना प्रहरी नियन्त्रणमा


गाँजा, गाडीसहित दुई जना प्रहरी नियन्त्रणमा

थाहानगर/२६ मङ्सिर 
मकवानपुर प्रहरीले गए राती लागुऔषध गाँजा, सो बोकेको बोलेरो गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मनहरी ९ स्थित पूर्व-पश्चिम लोकमार्ग सडक खण्डमा ना ५ च २३६१ नम्बरको बोलेरो गाडीमा त्रिपालले छोपेको अवस्थामा ३५ किलो ४०० ग्राम गाँजासहित लालबन्दी ५ का गाडी चालक वर्ष २२ को किरण घिमिरे र हरिहरपुरगढी सिन्धुलीका वर्ष २५ का आकाश तमाङलाई प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

KATHMANDU WEATHER