Byroad News

Loading...

गाँजा सहित दुई जना पक्राउ


गाँजा सहित दुई जना पक्राउ

हेटौंडा/२० मङ्सिर 
मकवानपुरको छुट्टाछुट्टै स्थानबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ परेका छन् ।

मनहरी गाउँपालिका-७ मनहरी पुल छेउबाट राक्सिराङ गाउँपालिका-२ बस्ने २७ वर्षीय विनोद मोक्तान करिब ५ किलोग्राम अवैध लागुऔषध गाँजा सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा आईतबार ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले फलासेबाट मनहरीतर्फ पैदल आउँदै गरेका मोक्तानलाई चेकजाँच गर्नेक्रममा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरि, राक्सिराङ गाउँपालिका-५ बासढुंगाबाट ३ किलोग्राम लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले कैलाश गाउँपालिका-८ बस्ने १८ वर्षीय लोकमान घलानलाई आइतबार दिउँसो गाँजा सहित पक्राउ गरेको हो ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले ना ७ ख ७२८२ नंबरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार किशोरलाई गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER