Byroad News

Loading...

पालुङ जेसीजमा अध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता


पालुङ  जेसीजमा अध्यक्षमा ४ जनाको उम्मेदवारी दर्ता

थाहानगर/१९ मङ्सिर 
पालुङ जेसीजको आगामी वर्ष २०२२ का लागि अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

हिजोदेखि खुलेको उम्मेदवारी दर्ताको समय सीमा आज सकिदै गर्दा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको निर्वाचन आयुक्त मनोज रायमाझीले जानकारी दिनुभयो ।

अध्यक्ष पदका लागि जयराम खत्री, संगम कार्की, निरज रायमाझी र अनिता बिष्टको उम्मेदवारी परेको हो । खत्री गत वर्ष अध्यक्ष पदमा पराजित हुनु भएको थियो । कार्की वर्तमान महासचिव, रायमाझी वर्तमान कोषाध्यक्ष र बिष्ट वर्तमान कानूनी सल्लाहकार हुनुहुन्छ । 

यसैगरी दुई कार्यकारी उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । कार्यकारी उपाध्यक्षका माधव कार्की, सुविन्द्रमान प्रधान, सञ्जय गोपाली र दिपा बलको उम्मेदवारी परेको हो ।

यसैगरी ४ उपाध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्नेहरुमा स्वदिप वस्नेत, अजय कार्की, सन्देश गोपाली, अन्जय प्रधान, मानसिं दोङ, अजीत कार्की, कमल विष्ट, सत्यदेवी स्याङतान र अनन्त ढकाल हुनुहुन्छ ।

पालुङ जेसीजको वर्ष २०२२ का लागि १४१ जना सदस्यहरुले निर्वाचनमा भाग लिन सकिने निर्वाचन आयुक्त रायमाझीले बताउनु भएको छ ।

निर्वाचन तालिका अनुसार मङ्सिर २२ गते उम्मेदवार तालिम र मङ्सिर २४ गते निर्वाचनको कार्यक्रम छ ।

Comments

KATHMANDU WEATHER