हेटौंडा/१३ मङ्सिर
हेटौंडाबाट लागुऔषध नाईट्रोभेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट सर्लाही घर भई हाल हेटौंडा–१९ बस्तिपुरमा डेरा गरी बस्ने २३ बर्षीय सुनिल साहलाई लागुऔषध नाईट्रोभेट सहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
साहको साथबाट लागुऔषध नाईट्रोभेट २ सय ५५ ट्याब्लेट फेला परेको जिल्ला प्रहरीले जनाएको छ । प्रहरीले उक्त लागुऔषध सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
Featured News
-
5 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments