थाहानगर/११ मङ्सिर
नेकपा (माओबादी केन्द्र) थाहानगरको जेसीज हलमा जारी नगर सम्मेलनमा सहमतिबाट नेतृत्व चयनको प्रयास भईरहेको छ । अध्यक्षलगायत पदाधिकारीहरुमा आकांक्षीहरुको संख्या बढी हुने देखिएपछि ६५ सदस्य नगर कमिटी छनौट गरेर मात्र त्यहीमध्यबाट पदाधिकारीको टुङ्गो लगाउने रणनीतिमा निर्वाचन कमिटी रहेको बुझिएको छ ।
बन्द सत्रमा रहनु भएका प्रेस सेन्टर थाहानगर अध्यक्ष शम्भु अधिकारीका अनुसार अध्यक्ष पदमा अहिले अरुण रायमाझी र बिनोद लामाबीच सहमतिको प्रयास भईरहेको छ ।
बन्द सत्रले ३ उपाध्यक्ष र एक सचिव पनि चुन्नु पर्नेछ । पदाधिकारीहरुमा अध्यक्ष बाहेक अन्य पदमा पनि आजैमात्र जनता समाजबादी पार्टी छोडेर माओबादीमा फर्किएकाहरुको व्यवस्थापन अर्को चुनौती बनेको छ ।
६५ सदस्यका लागि पनि आवश्यकता भन्दा बढीले आकांक्षा देखाएपछि यो समाचार तयार पार्दासम्म टुङ्गो लागिसकेको छैन ।
जसपाबाट प्रवेश गरेकामध्ये केहिलाई पदाधिकारीमा ल्याउने तयारी भएको बुझिएको छ । उपाध्यक्षमा नवराज बिष्टको पनि दाबी छभने सचिवमा इच्छापूर्ण कार्कीको दाबी रहेको बताइएको छ । यस अघि बिभिन्न पदमा उम्मेदवारी घोषणा गरेकाहरु पार्टीको बिधान बमोजिम पदाधिकारीमा उम्मेदवार बन्न नपाउने भएपछि थप सहज भएको बताइएको छ । बिधान अनुसार वडा कमिटीमा पदाधिकारी रहेकाहरुले माथिल्लो कमिटीको पदाधिकारीमा दाबी गर्न नपाउने प्रेस सेन्टर थाहा नगरका अध्यक्ष अधिकारीले बताउनु भयो ।
-
5 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments