Byroad News

Loading...

ज्योती रायमाझीसहित जसपाका नगर नेताहरु नेकपा (माओबादी केन्द्र)मा फर्किए


ज्योती रायमाझीसहित जसपाका नगर नेताहरु नेकपा (माओबादी केन्द्र)मा फर्किए

थाहानगर/११ मङ्सिर 
जनता समाजबादी पार्टी (जसपा)का नेता ज्योती रायमाझीसहित थाहानगर कमिटीका नेताहरु नेकपा (माओबादी केन्द्र) फर्किएका छन् ।

तत्कालीन नेकपा माओबादीको फुटसङ्गै डा. बाबुराम भट्टराईको धार समाउदै हाल जसपाको विभिन्न पदमा रहेका नेता तथा कार्यकर्ताहरु शनिबार आयोजित नगर सम्मेलनको समारोहका बीच माओबादी केन्द्र फर्किएका हुन् ।

नेकपा माओबादी केन्द्रको थाहानगरमा भएको प्रथम नगर सम्मेलनमा जसपाका वरिष्ठ नेता ज्योती रायमाझी, नगर इन्जार्ज इन्द्र बहादुर श्रेष्ठ, धुर्ब ढकालसहित करिब २ सय जना माओबादीमा फर्किएको प्रेस सेन्टर थाहानगर अध्यक्ष शम्भु अधिकारीले जानकारी दिएका छन् ।

ती बाहेक अन्य विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेकपा माओबादी प्रवेश गरेको पनि अधिकारीले जानकारी दिए । उनेवहरुलाई माओबादी नेता लीलामणि पोखरेल, रामनारायण बिडारी, कुमारी मोक्तान, प्रेम बहादुर पुलामी छिन्तुलगायतले टीका तथा माला लगाइ स्वागत गरेका थिए ।

Comments

KATHMANDU WEATHER