हेटौंडा/६ मङ्सिर
मङ्सिर १० गते चितवनको नारायणगढमा हुने नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको लागि मकवानपुरबाट २ हजार मोटरसाईकल, ५ सय सानो सवारी तथा २ सय वटा बस सहितको र्याली मकवानपुरबाट लगिने भएको छ ।
महाधिवेशनको लागि एमाले मकवानपुरले निर्माण गरेको प्रचार समितिले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचार समितिका संयोजक नविन सिग्देलले मकवानपुरबाट ब्यापक जनसहभागिता रहने जानकारी दिनुभयो ।
महाधिवेशनको प्रचारको लागि एमाले मकवानपुरको विभिन्न भातृ संगठन तथा पार्टी कमिटीले मकवानपुरको रातोमाटेबाट मनहरीसम्म दुई दर्जन भन्दा धेरै स्वागत गेट निर्माण गर्ने, हेटौँडामा डिजिटल डिसप्ले मार्फत प्रचार गर्ने, तुल, ब्यानर र झण्डाले हेटौँडा क्षेत्रलाई सिंगार्ने काम हुने सिग्देलले बताउनु भयो ।
महाधिवेशनको लागि मकवानपुरको सबै स्थानीय तहमा जनपरिचालन समिति निर्माण गरिएको र सबै स्थानीय तहले महाधिवेशनको उद्घाटन सत्रमा हजारौ जनसहभागिता गराउने तयारी भैरहेको जानकारी दिनुभयो ।
जनपरिचालनको लागि जिल्ला स्तरबाट एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल संयोजक र एकालाल श्रेष्ठ सचिव रहेको जनपरिचालन समिति समेत निर्माण गरिसकेको छ । मकवानपुरबाट विभिन्न भेषभुसा सहितको सास्कृतिक झाकिको लागि पनि समिति निर्माण भएको छ ।
छिमेकी जिल्लामा हुने महाधिवेशनलाई भब्य बनाउनको लागि एमालेको सबै निकायहरु लागि परेकेो बताउँदै उहाँले महाधिवेशनलको प्रचारको लागि मङ्सिर ७ गते हेटौँडामा बृहत्त मोटरसाईकल र्यालीको आयोजना समेत हुने बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले महाधिवेशनलाई भब्य बनाउनको लागि आफुहरुले कुनैपनि कसर बाँकी नराख्ने बताउनु भयो । जनपरिचालनको हिसाबले छिमेकी जिल्लामा हुने महाधिवेशन थप महत्वपूर्ण भएको भन्दै उहाँले आफुरुले तयारीलाई ब्यापक बनाएको समेत बताउनु भयो ।
-
5 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments