Byroad News

Loading...

महाधिवेशन प्रचारका लागि भोलि हेटौंडामा बृहत मोटरसाइकल र्‍याली हुने


महाधिवेशन प्रचारका लागि भोलि हेटौंडामा बृहत मोटरसाइकल र्‍याली हुने

हेटौंडा/६ मङ्सिर
चितवनमा हुने नेकपा एमलेको १० औं महाधिवेशनको पूर्व सन्धायमा हेटौंडामा भोलि मंसिर ७ गते बृहत मोटर साईकल र्‍याली हुने भएको छ ।

महाधिवेशनको पूर्व सन्ध्यामा महाधिवेशनको प्रचारप्रसारको लागि मोटरसाईकल र्‍यालीको आयोजना गरिएको एमाले मकवानापुरका सचिव एवं र्‍याली व्यवस्थापन समितिका संयोजक एकलाल श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार मोटरसाईकल र्‍याली भोलि दिउँसो १ बजे हेटौंडा ४ स्थित हुप्राचौरबाट सुरु हुने छ ।

‘बृहत मोटरसाईकल र्‍याली भोलि १ बजे हुप्रचौरबाट सुरु हुन्छ, हुप्रचौरबाट रातोमाटे पुग्नेछ । त्यहाँबाट पूर्व लागेर चिसापानी पुग्नेछ । चिसापानीबाट चौघडा हुँदै सोनोपोखरा कान्तिराजपथ आउनेछ । सचिव श्रेष्ठले भन्नुभयो, त्यहाँबाट मानसचोक निस्कदै चौकीटोल हुँदै बुद्धचोक, राप्तीरोडबाट बाईपास हुँदै मेनरोडबाट सिमाचोकमा आईपुगेर कोणसभामा परिणत हुनेछ ।’

र्‍यालीमा ५ सय भन्दा बढी मोटरसाईकलको सहभागि रहने बताईएको छ ।

-फाइल तस्वीर

Comments

KATHMANDU WEATHER