Byroad News

Loading...

प्रतिनिधि सभा २ प्रदेश सभा (क)मा खड्ग गोपाली निर्वाचित


प्रतिनिधि सभा २ प्रदेश सभा (क)मा खड्ग गोपाली निर्वाचित

थाहानगर/३ मङ्सिर 
नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा (क)को कार्यसमिति सभापति पदमा खड्ग बहादुर गोपाली निर्वाचित हुनु भएको छ । गोपालीले अर्का उम्मेदवार सुजन गोपालीलाई भारी मतले पराजित गरि सभापतिमा निर्वाचित हुनु भएको हो ।

खड्ग बहादुर गोपाली ३६९ मतले निर्वाचित हुँदा सुजन गोपाली १३२ मत ल्याई पराजित हुनु भएको हो ।

यसैगरी दुई उपसभापतिमा रञ्जन कुमार कठायत (३१०) र इश्वरी शाही ठकुरी (२७६) निर्वाचित हुनु भएको छ । उपसभापतिमा निरोज राना मगर (२०९) र रामशरण तामाङ (११४) पराजित हुनु भएको छ ।

यसैगरी दुई सचिव पदमा नरहरी गोपाली (३७३) र राजेशबाबु सापकोटा (३२५) बिजयी हुनु भएको छ । सचिव पदमा तीन जनाको प्रतिस्पर्धा भएकोमा सुरेश लामिछाने (१४९) पराजित हुनु भएको छ ।

यसैगरी, दुई सहसचिव पदमा रामशरण गोपाली (३०३) र सबिता रसाइली (२७६) बिजयी हुनु भएको छ । सहसचिवमा कुमार लामा (१६५) र हरिशरण देवकोटा (१०९) पराजित हुनु भएको छ । अन्य पदहरुको मतगणना जेसीज हलमा जारी छ । 

Comments

KATHMANDU WEATHER