Byroad News

Loading...

थाहानगरमा प्रहरी नागरिक सुनुवाइ सम्पन्न, अपराध न्यूनीकरणमा सक्रिय रहने


थाहानगरमा प्रहरी नागरिक सुनुवाइ सम्पन्न, अपराध न्यूनीकरणमा सक्रिय रहने

थाहानगर/३ मङ्सिर 
ईलाका प्रहरी कार्यालय पालुङले आज शुक्रबार थाहानगरमा नागरिक सुनुवाई कार्यक्रम गरेको छ ।

कार्यक्रममा पालुङ प्रहरी प्रमुख (प्रहरी निरीक्षक) श्रीराम तिमिल्सिनाले प्रहरीले गरिरहेको नियमित गतिविधि तथा थाहा नगरमा हुने गरेको अपराधिक गतिविधिको बारेमा स्पष्ट पार्नु भएको थियो । प्रहरी निरीक्षक तिमिल्सिनाले साइवर अपराध, मापसेले समाजमा पारिरहेको असर, नागरिकको आनीबानीले पारिरहेको असर लगायतका बारेमा स्पष्ट पार्नु भयो ।

कार्यक्रममा सहभागीहरुले थाहानगरमा युवाहरु दूर्व्यशनमा फस्ने गरेको, भट्टीहरुमा राती अबेरसम्म होहल्ला हुने गरेको, स्थानीय औषधि पसलहरुमा दूर्व्यशनीका औषधिहरु समेत विक्री गर्ने गरेको गुनासो राखेका थिए ।

नागरिकको जिज्ञासाको जवाफ दिदै प्रहरी निरीक्षक तिमिल्सिनाले तत्काल बजार अनुगमन गरेर समस्या समाधान गर्ने बताउनु भयो । कार्यक्रममा थाहा नगर प्रमुख लबशेर विष्टले जनता स्वयं बर्दी बिनाको प्रहरी रहेको हुँदा अपराध रहित समाजको निर्माणका लागि सबै सजग रहन अपिल गर्नु भयो ।

कार्यक्रमा थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरे, सामुदायिक प्रहरी सेवा केन्द्रका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, वडाध्यक्षहरु गुप्तबहादुर कार्की
र राजेश केसीको आतिथ्यता रहेको थियो ।

Comments

KATHMANDU WEATHER