Byroad News

Loading...

प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा पुनः थापा


प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा पुनः थापा

थाहानगर/२ मङ्सिर 
प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलनले पुनः अञ्जली थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

थाहा नगरपालिकास्थित होटल पाइनसमा आयोजित सम्मेलनले २१ सदस्सीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा, सचिवमा एमपी शर्मा, कोषाध्यक्षमा अशोकसुजन श्रेष्ठ, सहसचिवमा रुपा गुरुङ र दिलबहादुर लामा, सदस्यहरुमा सरला अधिकारी, नवराज वाईबा, उमेश राई, अर्जुन संजेल, नुजाता सुवेदी, मुकेश गोले, पविना लामा, ओम फुयाँल, राजेश गरिब, मञ्जु मैनाली, मनिता दानी, सानोबाबु मुक्तान र मुक्तिनाथ उप्रेती रहेका छन् ।

त्यस्तै, सम्मेलनले प्रेस सेन्टरको केन्द्रीय प्रतिनिधितर्फ कौशल पाण्डे, नवराज शर्मा तिमल्सिना, कमलचन्द्र सुमन, ऋषिराम पोखरेल, भानुभक्त आचार्य र कृष्ण सारु मगरलाई चयन गरेको छभने प्रदेश प्रतिनिधितर्फ ध्रुब अधिकारी, राजु शाश्वत लामिछाने, ईच्छापूर्ण कार्की, यादब चौलागाई, मिना श्रेष्ठ, अशेष ढुङ्गाना, भावना रिजाल, रञ्जिता डंगोल र अजिव भट्टराई चयन गरिएको छ ।

कार्यक्रमको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री एवं नेकपा माओबादी केन्द्र मकवानपुरकी केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा प्रेस सेन्टरका बागमती प्रदेश ईन्चार्ज लक्ष्मण खड्काको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विष्णु बिष्ट ‘आदर्श’, माओबादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, पार्टीका थाहा नगर अध्यक्ष अरुण रायमाझी, वडा नम्बर ३ का अध्यक्ष राजेश केसी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रेस सेन्टर मकवानपुरका थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, बाम वुद्धिजिबी ऋषिराम पोखरेल, अग्रज पत्रकार कमलचन्द्र सुमन लगायतको आतिथ्य रहेको थियो ।

Comments

KATHMANDU WEATHER