Byroad News

Loading...

बोलेरोको ठक्करले रिजालको मृत्यु


बोलेरोको ठक्करले रिजालको मृत्यु

हेटौंडा/१ मंसिर
पूर्व—पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा—९ पशुपतिनगरको हनुमान गेट नजिक बोलेरो गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

गएराति हेटौंडाबाट रातोमाटे जाँदै गरेको ना ३४ प ६०४४ नंबरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ११९३ नंबरको बोलेरोले ठक्कर दिँदा मोटरसाईकल चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ४ कालिकाटारका अन्दाजी २४ वर्षीय अविरल रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाईते भएका रिजालको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER