थाहानगर/३० कात्तिक
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि विरुद्ध नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आज मङ्गलबार गरेको नेपाल बन्दका कारण उत्तरी मकवानपुरको जनजीवन पनि प्रभावित भएको छ ।
बन्दका कारण प्राय: सबै शैक्षिक संस्थाहरुको पठनपाठन प्रभावित भएको छ । यातायातका साधनहरु ठप्प छन् । मूख्य बजार क्षेत्रका पसलहरु प्रायः बन्द देखिएका छन् । सरकारी कार्यालयहरु भने खुल्ला हुने बताइएको छ तर यातायातका साधन नचल्नाले ती कार्यालयहरुमा पनि सेवा प्रभावित हुने देखिएको छ ।
बजारहरुमा बन्दकर्ताहरु भने देखिएका छैनन् ।
Featured News
-
5 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments