काठमाडौं/२९ कात्तिक
मकवानपुर थाहा नगरपालिका-८ बस्ने ३२ वर्षीय अरुण सिंह ठकुरीलाई चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
त्रिशुलीबाट काठमाडौंतर्फ जादै गरेको प्र.३-०१-००५ ख ९९४७ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अरुणलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ठकुरी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Featured News
-
5 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments