Byroad News

Loading...

थाहानगरका २ युवा लागुऔषध गाँजासहित रौतहटमा पक्राउ


थाहानगरका २ युवा लागुऔषध गाँजासहित रौतहटमा पक्राउ

रौतहट/२७ कात्तिक
रौतहट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटलाई पाएको विशेष सूचनाको आधारमा उक्त कार्यालयबाट चेकजाँचमा खटिएका प्रहरीले गौर नगरपालिका वडा नम्वर ४ स्थित शिवांगी पेट्रोल पम्पको उत्तर तर्फ पार्किंग गरी राखिएको ना ८ ख ५९४३ नम्वरको मिनी ट्रकमा लागुऔषधको १२ वटा पोका बरामद गरेको जनाएको छ । बरामद भएको प्रत्येक पोकामा साढे १५ किलोग्रामको दरले १२ वटा पोकामा १८६ किलोग्राम गाँजा बरामद गरिएको छ ।

गाँजासंग मिनी ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ घर भएका वर्ष २५ का सिकिन्द्र गोले र सोही वडा घर भएका १९ वर्षका रिक्तम तामाङलाई नियन्त्रणमा लिएको हो । 

ठूलो परिमाणमा बरामद गरिएको लागुऔषध सहित नियन्त्रणमा रहेका दुई जनालाई जिल्ला अदालत गौरबाट लागुऔषध मुद्दामा न्यायीक हिरासतमा राखि आवश्यक अनुसन्धान गर्न म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER