हेटौंडा/२६ कात्तिक
नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका सभापति सूर्यचन्द्र न्यौपानेलाई केन्द्रले बर्खास्त गर्दै लालबहादुर थापालाई सभापति चयन गरिएको छ । थापा रेडक्रस मकवानपुरका उपसभापति हुनुहुन्थ्यो ।
थापाको नेतृत्वमा ३ महिनाभित्र जिल्ला शाखाको अधिवेशन गर्नेगरि तदर्थ समिति निर्माण गरिएको हो ।
थापा सभापति भएसँगै दुई दशकबाट न्यौपानेको नेतृत्वमा रहेको रेडक्रसले नयाँ नेतृत्व पाएको छ । तदर्थ समितिको उपसभापतिमा खेमराज सापकोटा र सुमित्रा काफ्ले चयन हुनु भएको छ । शाखाको मन्त्रीमा पिताम्बर बास्तोला, कोषाध्यक्षमा यसोदा श्रेष्ठ, उपमन्त्रीमा सानु थापा, उपकोषाध्यक्षमा हरिकृष्ण कार्की चयन हुनु भएको छ ।
शाखा सदस्यहरुमा कमल विष्ट, कृष्णप्रसाद चौँलागाई, मंगल रखाल, राजु घले, मोहन कार्की, प्रेम लम्साल र जंगबहादुर गुरुङ रहनु भएको छ ।
Featured News
-
4 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments