Byroad News

Loading...

मकवानपुर फुटबल संघका सदस्य बिमल टोनीको निधन


मकवानपुर फुटबल संघका सदस्य बिमल टोनीको निधन

हेटौंडा/२५ कात्तिक
मकवानपुर जिल्ला फुटबल संघका कार्यसमिति सदस्य एवं एफसी पोतला क्लबका उपाध्यक्ष बिमल श्रेष्ठ (टोनी) को निधन भएको छ ।

भारतको सिक्किम भ्रमणमा रहेका श्रेष्ठ गएराति सुतेको ठाउँमा अचेत अवस्थामा भेटिएको र उपचारको लागि अस्पताल पुर्याउँन साथ डाक्टरले मृत घोषणा गरको भ्रमणमा रहेका एक जनाले जानकारी दिए ।

क्षेष्ठ हेटौंडा-४ स्थित श्रमिक माविका लेखापाल समेत रहेका थिए ।

Comments

KATHMANDU WEATHER