Byroad News

Loading...

१२२ किलो लागुऔषध गाँजासहित १ जना पक्राउ


१२२ किलो लागुऔषध गाँजासहित १ जना पक्राउ

थाहानगर/२४ कात्तिक
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले आज (बुधबार) विहान पौने ६ बजे १२२ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

बिषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मनहरी ९ जयसिंहस्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डको किनारमा शंकास्पद रुपमा बसिरहेका मकवानपुर राक्सिराङ २ बस्ने बर्ष ४२ को नर बहादुर मुक्तानको साथबाट सो परिमाणको गाँजा बरामद गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER