Byroad News

Loading...

करेन्ट लागेर नेकपा एसका हेटौंडा नगर सचिव अधिकारीको निधन


करेन्ट लागेर नेकपा एसका हेटौंडा नगर सचिव अधिकारीको निधन

हेटौंडा/२२ कात्तिक
करेन्ट लागेर २८ वर्षीय गिरिजा अधिकारीको निधन भएको छ । 

सोमबार दिउँसो हेटौंडा १७ राजदेवीस्थित भित्री सडकखण्डमा आफ्नै घर अगाडि बाटो बिस्तार गर्ने क्रममा जेसीवीको बकेटमा बसेर बिजुलीको तार पन्छाउने क्रममा अचानक एघार हजार भोल्टेजको उक्त तार छुन पुग्दा करेन्ट लागेर निधन भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर अधिकारी गम्भीर घाइते भएको र उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनी नेकपा (एकीकृत समाजवादी) का हेटौंडा नगर सचिव हुन् ।

Comments

KATHMANDU WEATHER