हेटौंडा/१९ कात्तिक
हेटौंडामा बस र मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ वन कार्यालयको ढाट नजिक उक्त दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
नारायणघाटबाट बिरगंजतर्फ जादै गरेको ना ८ ख १२४८ नंबरको बसमा बिपरीत दिशाबाट आउँदै गरेको बा ७८ प ९९३३ नंबरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकल चालक र मोटरसाईकलमा सवार एक जना गरी २ जना घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको र एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट फतुवा विजयपुर नगरपालिका ११ हिमालीबास बस्ने अन्दाजी २४ वर्षीय रोशन श्रेष्ठ चालक रहेको मोटरसाईकलमा पछाडि सवार घाईते २१ वर्षीय सचिन शाहले बताएको प्रहरीले जनाएको छ ।
श्रेष्ठको राति उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको र घाईते शाहको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रवक्ता रिमालले बताउनु भयो ।
-
4 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments