हेटौंडा/१९ कात्तिक
मकवानपुरको बकैया-३ को हात्तीसुँडेमा देउसी भैलो खेलेर हेटौंडा फर्किने क्रममा बकैया-४ को अजिङ्गरेमा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन् ।
गएराति १ बजे राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु सवार बागमती प्रदेश ०३-००१ ख १३०९ नंबरको बस आफै अनियन्त्रित हुँदा सडक नजिकै रहेको खेतमा पल्टिदा बसमा सवार ३२ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
गम्भिर घाईते हुनेहरुमा हेटौंडा ५ सानोपोखरा बस्ने ४० वर्षीया निरु खड्का, हेटौंडा २ मनकामना चोक बस्ने ४९ वर्षीय बेल लो, राक्सिराङ ३ बस्ने ४२ वर्षीय रविन कुमार चेपाङ, हेटौंडा-११ नवलपुर बस्ने ३६ वषीया सम्झना बिष्ट र हेटौंडा-५ पिप्ले बस्ने ४८ वर्षीया लक्ष्मी तिमिल्सिना रहेको छन् ।
गम्भिर घाईते भएका ३ जना खड्का, लो र चेपाङलाई थप उपचारको लागि चुरेहिलबाट चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनामा घाईते हुनेहरुमा हेटौंडा-१८ ठुलोदमार बस्ने २१ वर्षीय बिशाल श्रेष्ठ, मनहरी-६ बस्ने ४० वर्षीय संच बहादुर थिङ, बागमती-६ बस्ने ४२ वर्षीय बाबुराम बम्जन, भिमफेदी-१ सानोटार बस्ने १८ वर्षीय रविन तामाङ, भीमफेदी-१ का २० वर्षीय संजिव थिङ, हेटौंडा-१२ पदमपोखरी बस्ने २० वर्षीय रोशन घलान, हेटौंडा-५ बस्ने २१ वर्षीया कोपिला राई, थाहा-७ बस्ने ३६ वर्षीय काजिमान गोले, जिल्ला धादिङ् गंगाजमुना-७ बस्ने २८ वर्षीय श्याम बिसी, जिल्ला चितवन भरतपुर माहानगरपालिका-२ बस्ने २९ वर्षीय रविन ढकाल, ४५ वर्षीय रोशन खड्का, हेटौंडा-६ बस्ने २१ वर्षीय रुपा राई, मनहरी-९ खरङ् बस्ने २२ वर्षीय काजल मोक्तान, हेटौंडा-१९ वस्तिपुर बस्ने २२ वर्षीया प्रेना मोक्तान, चिसापानी बस्ने १९ वर्षीया संगिता गोले, चिसापानी बस्ने २८ वर्षीय अमति चौधरी रहेका छन् ।
घाईतेहरुको उपचार चुरेहिल अस्पताल, हेटौंडा अस्पताल र सञ्चो अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
-
3 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments