थाहानगर/१७ कात्तिक
बाराबाट प्रहरीले १२ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–२ बस्ने २३ वर्षीय सुमन रुम्बा, २० वर्षीय बिजय थिङ र १९ वर्षीय अखिल मोक्तानलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति गाँजासहित पक्राउ गरेको हो ।
जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित टेढा रोडमा उभिएका उनीहरुको झोला चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Featured News
-
3 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments