Byroad News

Loading...

नेकपा एकीकृत समाजवादी थाहानगरको अध्यक्षमा गोपाली, युवा संघको संयोजक तोक्न बाकी


नेकपा एकीकृत समाजवादी थाहानगरको अध्यक्षमा गोपाली, युवा संघको संयोजक तोक्न बाकी

थाहानगर/१७ कात्तिक
नेकपा एकीकृत समाजवादी थाहानगर कमिटीको अध्यक्षमा सानुजाजी गोपाली घोषणा गरिएको छ । ६१ सदस्यीय कमिटीको सचिवमा हरिबहादुर स्याङ्तान चिनिनु भएको छ ।

बुधबार विकास घरमा आयोजित भेलाले ५१ सदस्यीय युवा संघ पनि घोषणा गरिएको छ । तर संयोजक र पदाधिकारी भने तोक बाकी रहेको नेकपा एसले जनाएको छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, जिल्ला सचिव बिष्णु दाहाल, बागमती प्रदेश कमिटीका सदस्यहरु गौत्तम बुद्ध लामा, कल्याण बिक्रम घलान, जिल्ला सदस्यहरु मधुकर कार्की, युवा संघ जिल्ला अध्यक्ष किरणमान बललगायतको उपस्थिति रहेको थियो ।

Comments

KATHMANDU WEATHER