Byroad News

Loading...

नेपाल संवतमा मोटरसाइकल र्यालीसहित शुभकामना आदानप्रदान कार्यक्रम गरिने


नेपाल संवतमा मोटरसाइकल र्यालीसहित शुभकामना आदानप्रदान कार्यक्रम गरिने

थाहानगर/१६ कात्तिक
नेपालको मौलिक संवत तथा राष्ट्रिय संवतको रुपमा रहेको नेपाल संवत मोटरसाइकल र्यालीसहित शुभकामना आदानप्रदान गरि मनाइने भएको छ ।

यहि कात्तिक १९ गते नेपाल संवत ११४२ को अवसरमा भिन्तुना आयोजक मुल समारोह समिति थाहानगरको आयोजना तथा पालुङ साँस्कृतिक सम्पदा संरक्षण समिति, थाहा २ र थाहा युवा समाज थाहा २ को आयोजनामा सो कार्यक्रम हुने भएको हो ।

कार्यक्रममा ओखर बजार र गोपाली गाउँका नेवार समुदायबाट समेत बृहत् सहभागिता रहनेछ ।

मोटरसाइकल र्याली ओखर बजारमा विहान साढे  १० बजे र्याली शुरु भई थानाबजार - दोबाटो - शिखरकोट- गोपाली गाउँ - डाडागाउँ - भुङदल (डाडा मुख) - फाँटबजार - फुलपाती चउर महादेवस्थान - चाकचा पुल पालुङ हुँदै लामपाटीमा आई समापन गरिने आयोजकले जनाएको छ ।

Comments

KATHMANDU WEATHER