Byroad News

Loading...

मकवानपुरमा राती ८ बजेपछि देउसीभैलो खेल्न नपाईने


मकवानपुरमा राती ८ बजेपछि देउसीभैलो खेल्न नपाईने

थाहानगर/१६ कात्तिक
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बेलुकी ८ बजे भन्दापछि देउसीभैलो नखेल्न आग्रह गरेको छ ।

तिहारमा राती ८ बजे सम्ममात्र देउसीभैलो खेल्न समेत प्रशासन कार्यालयले आग्रह गरेको छ ।

मंगलबार सूचना जारी गर्दे जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको जोखिम कायमै रहेका कारण स्वास्थ्य मापदण्ड पालना गर्दे चाडपर्व मनाउन समेत आग्रह गरेको छ ।

यस्तै प्रशासनले पटकाजन्य पदार्थ किनबेच तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

Comments

KATHMANDU WEATHER