काठमाडौं/२५ कात्तिक
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले स्व. गिरिजाप्रसाद कोइरालाले मोरङमा नयाँ घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेदवारी दिनका लागि आफू पूर्वी नेपालको भ्रमणमा आएको जानकारी दिनुभयो ।
मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण ‘अर्ली इलेक्सन’को सम्भावना बढ्दै गएको कोइरालाले बताउनु भयो ।
केन्द्रीय सदस्य कोइरालाले सत्तासिन गठबन्धन दलसँग सिद्धान्त र विचार नमिल्ने हुनाले कोहीसँग पनि काँग्रेसले आगामी निर्वाचनमा तालमेल नहुने बताउनु भयो ।
उहाँले वर्तमान गठबन्धनमा सहभागी राजनीतिक दलले लोकतन्त्रको संरक्षणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
-
4 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments