बुटवल/१५ कात्तिक
दाङको रझेनाबाट साढे चार लाख बढी नगदसहित जुवा खालबाट २० जना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका-१४ रझेनामा आइतबार राति एक घरमा छापा मारेर प्रहरीले २० जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार ८८१ रुपियाँ नगद बरामद भएको एसपी काफ्लेले बताउनु भयो ।
प्रहरीले साढे चार लाख नगद र जुवाडेले प्रयोग गरेका चारवटा कारहरू समेत नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।
जुवाडेले प्रहरीलाई पनि झुक्याएको र बाहिरै गाडीमा बसेको एक जना व्यक्तिले लाखौं रुपियाँ लिएर भागेको ब्यक्तिको पहिचान भइसकेकाले खोजी कार्य जारी रहेको उहाँले बताउनु भयो ।
कौडा खेली रहेको अवस्थामा जुवाको खालबाट पक्राउ पर्नेमा एमाले नेता घोराही १५ का ५७ वर्षीय महावीर वली, घोराही १५ कै धुर्बराज केसी, सोही ठाउँकै पूर्ण चन्द अधिकारी रहेका छन् ।
रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रुपलाल बिक, दाङको घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज वली रहेका छन्।
त्यस्तै कांग्रेस नेताहरू घोराही ५ का ५७ वर्षीय नवीन पछाइ, घोराही १५ का ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ कै प्रमोद गौतम, घोराही १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही १६ का ३४ का रवि गिरी, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही १४ का २४ वर्षीय कमल घर्ती रहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकाविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ। प्रहरीले गएको शुक्रबार तुलसीपुरबाट हाइप्रोफाइल जुवाडे पक्राउ गरे पनि तीन दिनमै छुटेपछि प्रहरी आलोचित बनेको छ । प्रहरीले सामान्य जुवामा पनि कहिले २५ दिनसम्म थुनेर मुद्दा चलाउने र पहुँचवालाको हकमा राजनीतिक दबाब र आर्थिक चलखेलका आधारमा २-३ दिनमै व्यक्ति हेरेरअनुसन्धान प्रतिवेदन बुझाउदा प्रहरी आलोचित बन्दै गएको हो ।
-
4 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments