थाहानगर/१४ कात्तिक
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटीले पदाधिकारीलाई पूर्णता दिएको छ ।
कार्तिक १४ गते बसेको नगर कमिटीको पूर्ण बैठकले रिक्त रहेको उपाध्यक्षमा रुपेश श्रेष्ठ, उपसचिवमा मोहनदाश प्रधान र कोषाध्यक्षमा विक्रम श्रेष्ठलाई चयन गरि पूर्णता दिइएको सचिव सुमन रायमाझीले जानकारी दिनु भयो ।
यसैबीच, नगर कमिटीले शनिबार सम्पन्न नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई युवा संघका नगर अध्यक्ष प्रदिप भट्टले खादा लगाएर स्वागत तथा बधाई ज्ञापन समेत गर्नु भएको थियो ।
Featured News
-
2 hours agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
3 days agoथाहा गोल्डकप आजदेखि सुरु
-
6 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत

Comments