Byroad News

Loading...

थाहानगर एमालेको अध्यक्षमा ढकाल सर्वसम्मत


थाहानगर एमालेको अध्यक्षमा ढकाल सर्वसम्मत

थाहानगर/१४ कात्तिक
नेकपा एमाले थाहा नगर कमिटीको पहिलो अधिवेशनबाट अध्यक्ष  पदमा अच्युत्तम प्रसाद ढकाल निर्विरोध निर्वाचित हुनु भएको छ ।

अध्यक्ष पदका प्रत्यासी सुरेन्द्रमान प्रधान र गुप्त बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिए पछि ढकाल निर्विरोध हुन भएको हो । प्रधानले आफ्नो मन्तव्य राख्दै सबै दलहरुले घेराबन्दीमा पारिरहेको अवस्थामा पार्टीभित्र चुनाव गर्नु अर्को संकट हुने भन्दै पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको बताउनु भयो । 

उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा दुई जनाले फिर्ता लिदै हेम थिङ निर्विरोध हुनु भएको छ । सचिवमा कुमार नेगी एक्लैको उम्मेदवारी परेको थियो । दुई उपसचिवमा सात जनाको उम्मेदवारी परेकोमा सुजन रायमाझी र उत्तम लामिछाने निर्विरोध हुनु भएको छ ।

सबै सदस्य पदहरुमा पनि सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक शशीधर सुबेदीले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER