Byroad News

Loading...

मुख्यमन्त्रीमा पाण्डेसँगै शपथ लिने तीन मन्त्रीको नाम तय


मुख्यमन्त्रीमा पाण्डेसँगै शपथ लिने तीन मन्त्रीको नाम तय

हेटौंडा/११ कात्तिक
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेसँग तीन मन्त्रीले शपथ लिनु हुने भएको छ । 

गठबन्धनमा सम्मिलित काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट एक एक जना मन्त्री बन्नु हुने भएको हो । 

पाण्डे नेतृत्वको सरकारमा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल, काँग्रेसका कृष्णलाल भँडेल र माओवादी केन्द्रबाट कुमारी मोक्तानले शपथ लिनु हुने भएको हो । उहाँहरुले पाउने मन्त्रालयबारे भने गठबन्धनबीच छलफल जारी रहेकाले सपथ ग्रहणका बेलासम्म टुंगो लाग्ने बुझिएको छ ।

पहिलो चरणमा सानो आकारको मन्त्री मण्डल गठन हुन लागेको बताइएको छ । 

Comments

KATHMANDU WEATHER