Byroad News

Loading...

आज राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्ने, ३ मन्त्रीलाई शपथ खुवाउने तयारी


आज राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्ने, ३ मन्त्रीलाई शपथ खुवाउने तयारी

हेटौंडा/११ कात्तिक
एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै हुनुहुन्छ । उहाँले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दै हुनुहुन्छ ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिनु भएपछि पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको हो । 

नेकपा एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नु भएको थियो ।

कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले हिजो नै मुख्यमन्त्रीमा दाबी पेस गरिसक्नु भएको छ । उहाँले आज दिउँसो सवा तीन बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेताहरुले मन्त्रालय सम्हाल्ने तयारी भएको बुझिएको छ ।

लामाका अनुसार कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने चर्चा छ ।

Comments

KATHMANDU WEATHER