Byroad News

Loading...

मउवा संघ निर्वाचन: चार उपाध्यक्षमध्ये दुवै प्यानलका दुई/दुई उपाध्यक्ष विजयी


मउवा संघ निर्वाचन: चार उपाध्यक्षमध्ये दुवै प्यानलका दुई/दुई उपाध्यक्ष विजयी

हेटौंडा/१० कात्तिक
मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी हुनु भएसँगै दुवै प्यानलबाट दुई/दुई उपाध्यक्ष हुनु भएको छ ।  

अग्रवाल ६७२ मतका साथ विजयी हुनु भएको हो । अर्का उम्मेदवार न्यौपानेले भने ६१८ मत प्राप्त गरी पराजित हुनु भएको छ । 

उद्योग तर्फको उपाध्यक्षमा प्रमोद सिं रानाभाट विजयी हुनु भएपछि अध्यक्षका उम्मेदवार कृष्ण कुमार गुप्ता प्यानलबाट दुई उपाध्यक्ष निर्वाचित हुनु भएको हो । 

उता, अध्यक्षका उम्मेदवार राजकुमार न्यौपाने प्यानलबाट बस्तुगत तर्फका उपाध्यक्ष राजु अधिकारी र एशोसिएट तर्फका उपाध्यक्ष उज्ज्वल चौलागाई विजयी भइसक्नु भएको छ । 

वाणिज्य तर्फ १८७० मतदाता मध्ये १५१५ मत खसेको थियो ।                                            

वाणिज्यको सदस्य तर्फभने कुलप्रसाद चौलागाई (९०३), विकेशलाल श्रेष्ठ (८७०), सुदर्शन खरेल (७७१), अनिलभक्त श्रेष्ठ (७५८), नेत्रप्रसाद खतिवडा (७२३), माधव ज्ञवाली (६८३) र दिवस पराजुली (६५८) विजयी हुनु भएको छ । 

कृष्णप्रसाद ढुङ्गाना (५९७), जावेद हुसेन (५८३), दामोदर पाठक (६३४), दीपक खत्री (५९७), बालकृष्ण बजगाई (६०७), विष्णुप्रसाद दाहाल (५९२) र हरिनारायण ठाकुर (३६२) मत ल्याई पराजित हुनु भएको छ । ७ जना सदस्यमा १४ जनाको उम्मेदवारी परेको थियो । 

यसैगरी वाणिज्य सदस्य महिला आरंक्षणतर्फ निलम पाण्डे (९२३) र निलम वैद्य (७९५) मतले विजयी हुनु भएको छ ।  नेत्रकुमारी भट्ट (४७४) र मनु दाहाल (५२३) ले मत प्राप्त गरी पराजित हुनु भएको छ । 

पश्चिमी क्षेत्र सदस्यमा कृष्णहरि बर्तौला (५६५) विजयी हुनु भएको छ । राजु राउत (३९७) र राधिका सामरी पाण्डे (४६२) मत प्राप्त गरी पराजित हुनु भएको छ । 

Comments

KATHMANDU WEATHER