Byroad News

Loading...

तास खेलेको भिडियो बाहिरिएपछि सर्लाहीका सिडिओ फेरिए


तास खेलेको भिडियो बाहिरिएपछि सर्लाहीका सिडिओ फेरिए

सर्लाही/८ कात्तिक
सर्लाहीका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । 

गृह मन्त्रालयले सर्लाहीमा प्रमुख जिल्ला अधिकारीमा सह–सचिव बाबुराम खतिवडालाई पठाएको छ । सर्लाहीमा कार्यरत राम कुमार महतोलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

नेपाल प्रहरी र शसस्त्र प्रहरीका एसपीसँग प्रमुख जिल्ला अधिकारीले तास खेलेको भिडियो बाहिरिएपछि सरुवा गरिएको बुझिएको छ । 

आइतबार सर्लाहीबाट प्रहरी उपरिक्षक (एसपी) सन्तोषसिंह राठौर र सशस्त्रका एसपी गंगाराम श्रेष्ठको पनि सरुवा गरिएको थियो । प्रहरी प्रधान कार्यालयले रठौरको ठाउँमा एसपी कृष्ण प्रसाईलाई पठाएको छ । सशस्त्र प्रहरीको सर्लाही स्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर गढीमाई बाहिनीमा कार्यरत भरत खनियालाई त्यहाँ पठाइएको छ । 
स्रोत: रातो पाटी

Comments

KATHMANDU WEATHER