थाहानगर/७ कात्तिक
उत्तरी मकवानपुरमा हुने गरेको विद्युत आपूर्तिको समस्या समाधानको माग गर्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहानगर कमिटीले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
युवा संघ थाहा नगर कमिटीका सचिव सुमन जंग रायमाझी नेतृत्वको टोलीले सामान्य मौसमका बेलामा पनि पटक पटक बत्ति जानाले जनजीवन प्रभावित बनाएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
टोलीको ध्यानाकर्षण पत्र बुझ्दै वितरण केन्द्र पालुङका प्रमुख बीरमान रासकोटीले मार्खु सवस्टेशनमा प्राविधिकको अभाव रहेको कारण विद्युत् आपूर्तिमा समस्या भइरहेको जवाफ दिनुभयो । उहाँले तत्काल समस्या समाधानका लागि माथिल्लो निकायमा कर्मचारीको माग गरिरहेको हुँदा छिट्टै समस्या समाधान हुने आश्वासन दिनु भएको युवा संघ नगर सचिव सुमन जंग रायमाझीले बताउनु भयो ।
तस्वीर: ध्यानाकर्षण पत्र बुझाउँदै युवा संघ नेपालका टोली
-
7 hours agoथाहाको बजेट ९१ करोड
-
1 day agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
4 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments